२६ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

मेसिनबाट धान रोपेर मनाइयो 'धान दिवस'

चितवनमा मेसिनबाट धान रोपेर धान दिवस मनाइएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ चितवनको आयोजना र महिला साना किसान सहकारी संस्था कठारको सहकार्यमा सोमबार मेसिनबाट धान रोपेर दिवस मनाइएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समेत मेसिनबाट धान रोपेका थिए। कार्यक्रममा महिलाहरूले गीत मार्फत मल नपाएको र किसानका समस्याहरू सरकारी निकायलाई समेत सुनाएका थिए।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख, खैरहनी नगरपालिकाका प्रमुख, कृषि मन्त्रालयका सचिव, कृषि विश्वविद्यालयका पदाधिकारी लगायत कृषकहरूको उपस्थिति रहेको थियो।

चितवनमा मेसिनबाट धान रोप्ने क्रम तीव्र रूपमा बढिरहेको छ।  साथै धान दिवसको अवसर पारेर उत्कृष्ट किसानलाई सम्मान समेत गरिएको छ।

प्रकाशित: १५ असार २०८३ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App