१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

विष्णु पौडेललाई म्याद थपका लागि अदालत उपस्थित गराइयो

फाइल तस्बिर

एमाले उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ।

सोमबार पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पौडेललाई असार ८ मा सुर्खेतबाट पक्राउ गरिएको थियो। उनलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो।

यसअघि पौडेललाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको थियो। सो म्याद आज सकिएकोले उनलाई अदालत उपस्थित गराइएको हो।

प्रकाशित: १५ असार २०८३ १४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App