गृह मन्त्रालयले मिटर ब्याज पीडितहरूको गुनासो सुनुवाईका लागि अधिकृतस्तरका कर्मचारीलाई जिम्मेवारी तोक्न निर्देशन दिएको छ।
मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै मिटर ब्याज पीडितहरूको उजुरी, निवेदन र पीडितहरूका गुनासो तत्काल सुनुवाई हुनेगरी अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।
साथै मन्त्रालयले शाखा अधिकृत चिरञ्जीवी जि.एम.लाई मन्त्रालयको सम्पर्क व्यक्तिको रुपमा तोकिएको पनि जनाएको छ।
मिटर ब्याजसम्बन्धी पीडितहरूका गुनासो तत्काल सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी मन्त्रालयले फोकल पर्सन पनि तोकेको विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्ति:

प्रकाशित: ६ चैत्र २०८० ०९:१५ मंगलबार





