५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

नेपालबाट विदेश जाने बढी जनसंख्या २० देखि २९ वर्ष उमेर समूहका

नेपालबाट विदेशमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरु जाने गरेको तथ्यांकले देखाएको छ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालबाट विदेशमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरु जाने गरेको देखाएको हो।

तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले भविष्यमा फर्कन सक्नेगरी विदेश बस्ने नेपालीहरुको जनसंख्या करिव २२ लाख रहेको बताए।

उनले भने,‘ पछिल्लो १० वर्षमा हिमालको जनसख्या घटेको देखिन्छ। तर पहाडको पनि घट्दै र तराईको जनसख्या बढ्दै गएको छ। ४३.६ प्रतिशत तराई र पहाडको ४०.३ प्रतिशत पुगेको छ। तराईका जिल्लाका नगरपालिका र गाउँपालिकामा जनसख्या बराबर जस्तो रहेको छ। पहाडी जिल्लाका काठमाडौं महानगरपालिका लगायतमा धेरै भएपनि अन्य नगरपालिकामा जनसख्या कम देखिन्छ। उमेरको हिसावमा तथ्याङ्क हेर्दा फरक किसिमले आएको छ । ०–१४ वर्षसम्मका बालबालिको उमेर प्रतिशत २७.८ प्रतिशतमा आएको छ। २०६८ मा ३४.९ थियो। १५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ। २५–६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशत बाट झरेर ४३.३ प्रतिशतमा पुगेको छ।'

त्यस्तै  ६५ भन्दा माथि उमेर समूहको जनसख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको छ। 'अन्य देशको तुलनामा बालबालिका उमेर समूहको जनसंख्या कम हुँदै गएकाले ६५ भन्दा माथिको जनसंख्या बढ्दै जाने अवस्था देखिन्छ। तर अहिले नेपालको काम गर्नसक्ने जनसंख्या ६२ प्रतिशतसम्म रहेको भन्दै नेपालको राम्रो पक्ष रहेको छ। नेपालका आश्रित जनसंख्या कम भएको छ। जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको छ। त्यसले राम्रो संकेत गरेको छ। नेपालको करिव २२ लाख जनसंख्या विदेशमा बसोवास गरेको देखिन्छ। सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरु विदेश गएको देखिन्छ। नेपालमा फर्कन सक्ने जनसंख्याको तथ्याङ्क हो। कर्णाली प्रदेशमा करिव ५१ प्रतिशत जनसंख्या कमजोर वर्गका बस्ने गरेको देखिएको छ। वागमती प्रदेशमा ३८ प्रतिशत जनसंख्या उच्चगुणस्तर वर्गका बस्ने गरेको छ। कणाली प्रदेशमा ४.२ प्रतिशत मात्रै उच्च वर्गमा देखिएको छ’ उनले भने।

प्रकाशित: ४ चैत्र २०८० १६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App