९ मंसिर २०८१ आइतबार
image/svg+xml

फास्टट्रयाक विदेशी कम्पनीलाई दिने कुनै सोच छैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ काठमाडौं द्रुत मार्ग (फास्ट ट्रयाक) विदेशी कम्पनिलाई दिने आफ्नो कुनै सोच नभएको बताएका छन्। ‘फास्ट ट्रयाक नेपालले नै बनाउनुपर्छ भन्ने अघिल्लो सरकारको निर्णय मेरै पहलमा भएको हो,’ उनले भने,‘ त्यतिबेला म उच्चस्तरीय राजनीतिक समितिको संयोजक थिएँ । मेरै जोडबलमा ओलीजीको सरकारले त्यो निर्णय गरेको हो । फास्ट ट्रयाक विदेशी कम्पनिलाई दिने भन्नेबारे चलाइएका हल्ला पूर्णतः निराधार हुन् । यो कुरामा सबै प्रष्ट हुन जरुरी छ ।’

'देशमा अस्थिरता सिर्जना गर्न विदेशी चलखेल'

नेकपा एमाले सचिव भीम आचार्यले देशमा अस्थीरता सृजना गर्न विदेशी चलखेल जारी रहेको बताएका छन्। उनले देशको राजनीति र सरकारलाई अस्थिर पार्ने लक्ष्य राखेर चलखेल जारी राखेको बताए।

भारतीय विदेशमन्त्री स्वराजले जब नेपालको उदाहरण दिइन्

भारतीय संस्थापन पक्षका भनाइहरु नेपालीका लागि सधैँ चासोको विषय हुने गरेका छन्। पाँच महिना लामो नाकाबन्दीपछि दक्षिणी छिमेकीको छवि नेपालीबीच आलोचनाको विषय बनिरहँदा त्यो चासो अझ बढेको छ।

'विदेशीकाे अतिरिक्त चासाेका अाधारमा संविधान संशाेधन गर्न सकिँदैन'

एमालेले छिमेकी मुलुकसँग कायम भएको सन्तुलित सम्बन्धनलाई पुन असन्तुलित बनाउने जागेको स्वाभिमानलाई गिराउने र नेपाली आफैंले केही गर्न सक्दैनन भन्ने छाप पारेर मुलुकको शीर निहुरिने अवस्थाको सृजना गर्न सरकारका गतिविधि उद्यत रहेको आरोप लगाएको छ। ‘एमाले यस्ता क्रियाकलापको दृढतापूर्वक विरोध गर्दै आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्नेमा स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ।

उपप्रधानमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच भेट

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

‘विदेश पठाउनुअघि सुरक्षाको प्रत्याभूति अावश्यक’

सुरक्षा गार्डको रूपमा वैदेशिक रोजगारीमा जानेको सुरक्षाको प्रत्याभूति नभएसम्म त्यहाँ पठाउन नहुने सुझाव दिइएको छ।

विदेश जाने युवालाई प्रलोभनमा पारी ठगी गर्ने ७ पक्राउ

इटहरी– विदेश जाने युवालाई विभिन्न प्रलोभनका साथ अनेक भ्रममा पारेर ठगी गर्न लागेको आरोपमा आइतबार सात जनालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ। कामदारको माग बिना र श्रम स्वीकृति नलिई पैसा संकलन गर्ने मात्र उद्देश्यले विदेशी नागरिकलाई झिकाएर अन्तर्वार्ता लिने समूहका तीन तथा अवैध रुपमा विदेश पठाउने चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

विदेश भ्रमणको समयमा राजकुमारी डायनाले आफूसँग सेक्स टोय राख्ने गरेको खुलासा

बेलायतका शाही सुरक्षाका पूर्व अधिकारी रहेका केन बाँफले एक सनसनीपूर्ण खुलासा गरेका छन्। उनले राजुमारी डायनाले विदेश भ्रमणमा निस्कँदा आफूसँग एक विशेष सेक्स टोय पनिसँगै लाने गरेको र उक्त सेक्स टोय भाइब्रेटर हुने गरेको दाबी गरेका छन्।

कोकिनसहित दुई विदेशी महिला पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले कोकिन तस्करीमा संलग्न दुई विदेशी महिलालाई काठमाडौंबाट पक्रेको छ। लागुऔषध नियन्त्रण ब्युरो(एनसिबी) ले ३ केजी ५४.५ ग्राम अवैध लागुऔषध कोकिनसहित २ जना विदेशी महिलालाई बुधबार सार्वजनिक गरेको हो।

कोकिनसहित दुई विदेशी महिला पक्राउ

काठमाडौँ—नेपाल प्रहरीको लागुऔषध नियन्त्रण विभागले कोकिनसहित दुई विदेशी महिला पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाई महिला ३२ वर्षीया वारानाय क्विपिकुल र बोलिभियाकी २९ वर्षीय रोशी ग्युडे टोलेडो आलेजोश रहेको डिआईजि जयबहादुर चन्दले बताए।

‘विदेशमा अलपत्र भएकालाई फर्कने प्रबन्ध मिलाऊ’

काठमाडौं– व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले साउदी अरबमा देखापरेको आर्थिक मन्दिले रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारलाई स्वदेश फिर्ताको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

विदेशी चलखेलका कारण राप्रपासँगको एकता टर्‍यो: कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हुने भनिएको पार्टी एकीकरण तत्काललाई टरेको बताएका छन्।

आक्रमणमा दश विदेशी पर्यटकको मृत्यु

हेरात— अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा बिहीबार भएको एक एम्बुस आक्रमणमा कम्तीमा १० विदेशी पर्यटकको मृत्यु हुनुको साथै अन्य ६ घाइते भएका जिल्ला सरकारले जानकारी दिएको छ ।

ड्रोन उडाउने दुई विदेशी नागरिक पक्राउ

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी पिताम्बर अधिकारीले अनाधिकृत रुपमा ड्रोन उडाएका दुई विदेशी नागरिकलाई बुधबार नियन्त्रणमा लिएर नागरिक उड्डयन प्राधिकरणमा बुझाएको जानकारी दिए । उनका अनुसार अनाधिकृत ड्रोन उडाउनलाई प्रहरीले नियन्त्रणमा लिएपनि निर्देशिका अनुसार प्राधिकरणले कारवाही गर्दै आएको छ ।

विदेशी पुँजी भित्र्याउन 'लगानी सम्मेलन'

जलविद्युत तथा पूर्वाधार विकासमा विदेशी लगानी भिœयाउने उद्देश्यले सरकार र निजी क्षेत्रको पहलमा 'नेपाल लगानी सम्मेलन' हुने भएको छ। ठूला पूर्वाधार आयोजनामा लगानी बढाएर उच्च आर्थिक वृद्धि हासिल हुने अपेक्षासहित आगामी मंसिरमा सम्मेलन हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्