४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

मिथिला माध्यमिकी परिक्रमाका यात्रीले आज कञ्चनवनमा होली खेल्ने

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दैछ। महोत्तरीको भङ्गहा नगरपालिका–९ स्थित कञ्चनवन पुग्ने परिक्रमाका सहभागी श्रद्धालु भक्तजनहरूलाई भव्य स्वागत गरिने र होली खेलिने छ।

धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट फागुन २७ गतेबाट सुरु भएको १५ दिने मिथिला मध्यमा परिक्रमा आज आठौं दिनमा कञ्चनवन पुग्न लागेको हो।

परिक्रमाका यात्रीले एक अर्कालाई रङ, अबिर दलेर होली मनाउने गर्छन। कञ्चनवन पुग्ने परिक्रमाका सहभागीलाई भङ्गहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको छ।  

आज राति कञ्चनवनमा विश्राम गर्ने परिक्रमा यात्री सोबार क्रमशः धनुषाको पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कन्छन्।

परिक्रमाको क्रममा नेपालका १३ र भारतका दुई गरी जम्मा १५ वटा पडाव स्थल छन्। जहाँ परिक्रमा यात्री रात्रि विश्राम गर्ने गर्दछन्।

प्रकाशित: ४ चैत्र २०८० ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App