२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘स्लिप डिभोर्स’ को खतरा

फाइल तस्वीर

आज १५ मार्च अर्थात् विश्व निद्रा दिवस हो। संसारभर अचेल निद्राको महत्व निकै बढ्न थालेको छ। मान्छेको निद्रा चोर्ने अनेक उपकरण तथा मनोरञ्जनका साधन बढेसँगै निद्रा पनि चोरिने गरेको हो।

खासगरी विवाहित पुरुषको घुर्ने बानीका कारण महिलाहरूको निद्रा यति खल्बलिन्छ कि उनीहरूको स्वास्थ्यमै असर पुग्ने गरेको छ।

घुर्ने समस्यालाई वैज्ञानिकहरूले अब्सट्रक्टिभ स्लिप एप्निया (ओएसए) भनिन्छ। यस्तो रोग भएकाहरूको श्वास अलिअलि गर्दै निस्कन्छ। यो रोगका कारण घाँटीका मांसपेसीहरू खुल्छन् र बन्द हुन्छन्। यसले श्वास लिन समस्या हुन्छ। यही कारण अक्सिजनको कमी हुन्छ।

बेलायतको जेम्स कुक विश्वविद्यालयमा श्वासप्रश्वाससम्बन्धी चिकित्सक राममूर्ति सत्यमूर्तिका अनुसार स्लिप एप्नियाको लक्षण फरक फरक हुन सक्छन्। कसैलाई ज्यादै कम, केहीको मध्म र अझ केहीमा त गम्भीर किसिमको हुन सक्छ।

सामान्यतः समयसँगै यो रोग गम्भीर हुँदै जान्छ। उपचार हुन नसके सँगै ओछ्यानमा रहेका साथीको शारीरिक तथा मानसिक स्वास्थ्य समस्या शुरु हुन थाल्छ। तीमध्ये यौन क्षमतामा कमजोरी हुनु पनि एक हो। एप्नियाका बेला रगतमा अक्सिजनको कमी हुँदा रक्तचाप बढ्छ र अन्य स्वास्थ्यसम्बन्धी समस्या आउन थाल्छ। यसले मुटुको कामै रोकिने खतरा १४० प्रतिशतले बढाउने, हार्ट अट्याक ६० प्रतिशतले बढ्ने तथा कोरोनरी हार्ट डिडिजको खतरा ३० प्रतिशतले बढ्ने बताइएको छ।

घुर्ने समस्याले केहीको त वैवाहिक जीवन नै खतरामा पारिदिएको छ। खासगरी घुर्ने समस्याका कारण पतिपत्नी बेग्लाबेग्लै ओछ्यानमा सुत्न थाल्छन्। यसलाई अचेल ‘स्लिप डिभोर्स’ भन्ने चलन बढेको छ।

अमेरिकी थेरापिस्ट सारा नासेरजदेह भन्छिन्, ‘घुर्ने बानी नभएकाहरू पनि बेग्लाबेग्लै सुत्ने गर्छन्। यसलाई उति नराम्रो रूपमा लिनुपर्ने आवश्यकता छैन। राम्रो सम्बन्धका लागि राति राम्रोसँग निदाउनु जरुरी छ। यस्तो बेलामा घरमा बेग्लै ओछ्यान छ र बेग्लाबेग्लै सुत्दा राम्रो निद्रा लाग्छ भने त्यो उपाय पनि नराम्रो होइन।’

केही दम्पतिका लागि भने ‘स्लिप डिभोर्स’ स्थायी विरक्तिपनाको पहिलो कदम पनि हुनसक्छ। यस्तो हुनबाट रोक्नका लागि ‘पार्टनरसँग उल्लासपूर्ण अवसरमा यस्ता समस्याबारे कुरा गर्नुपर्ने ‘लभ बाई डिजाइनः सिक्स इन्ग्रिडिएन्ट टु बिल्ड ए लाइफटाइम अफ लभ’की लेखिका नासरजादेह बताउँछिन्।

-बिबिसी 

प्रकाशित: २ चैत्र २०८० ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App