१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भूकम्प प्रतिरोधी घरकी परिकल्पनाकार

बुटवलकी सृष्टि गुरुङ उमेरले ४५ वर्ष हाराहारी पुगिन्। भारतको पुणे युनिभर्सिटीबाट कम्प्युटर साइन्समा मास्टर्स गरेपछि उनले जिटिजेड, युरोपियन युनियनजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यक्रम संयोजकका रूपमा काम गरिन्। कामकै सिलसिलामा देशविदेशका थुप्रै ठाउँ पुगिन्।

बुबा मेकानिकल इन्जिनियर, आमा मावि स्कुलकी प्रिन्सिपल। उनका बुबाको आफ्नै इन्टरटेक ग्रुप अफ इन्डस्ट्रिज थियो। सानैदेखि शैक्षिक र औद्योगिक माहोलमा हुर्केकी सृष्टि केही वर्ष आइएनजिओको जागिरमा भुले पनि अन्ततः बुबाकै पदचाप पछ्याउँदै उद्यमतिर फर्किइन्।

 रूपन्देहीको कञ्चन गाउँपालिकास्थित लौसामा २०७६ सालमा उनले स्थापना गरेको आइटी स्टिल स्टक्चर सोलुसन प्रालिमा अहिले १४ जनाले रोजगारी पाएका छन्।

उनले आफ्ना दुई बहिनी सोनाली र शिल्पीलाई साथमा लिएर करिब पाँच करोडको लागतमा यो उद्योग खोलेकी हुन्।

२०७२ सालको भूकम्पले धनजनको ठुलो क्षति गरेको देखेपछि भूकम्प प्रतिरोधी संरचना निर्माणबारे आफूले अध्ययन सुरु गरेको उनले बताइन्। ‘लामो समय यसको उपयोगिता, प्रभावकारिता र बजारको अवस्थाबारे अध्ययन गरेपछि नयाँ शैलीको सुरक्षित र हलुका घरको अवधारणासहित भूकम्प प्रतिरोधी स्टिल स्ट्रक्चरमा आधारित घर निर्माणमा प्रयोग हुने सामग्रीको उद्योग स्थापना गरेका हौं,’ सृष्टिले भनिन्।

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

प्रकाशित: २५ फाल्गुन २०८० ११:०६ शुक्रबार

भूकम्प प्रतिरोधी घरकी परिकल्पनाकार कम्प्युटर साइन्समा मास्टर्स