२ असार २०८१ आइतबार
image/svg+xml
समाज

घटनास्थलमा छिटाे पुग्न प्रहरीले मोटरसाइकल प्रयोग गर्ने

जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीको क्विक रेस्पोन्स टिममा रहेका प्रहरीहरुले प्रयोग गर्ने उपकरण सार्वजनिक गरेको छ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरि क्युआरटी एक्सेसरिज प्रयोगमा ल्याउने भएको हो।

क्युआरटी मोटरसाइकललाई प्रदान गरिएका सामानहरुमा जिपिएस ट्रयाकिङ डिभाइस, बडी वर्न भिडियो क्यामेरा, हेल्मेट, नि गार्ड, एल्बो गार्ड, ग्लोभ्स, चेस्ट भेस्ट, सन ग्लासेस, रेडियो सेट, लाइट विथ साइरन छन्।

कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले क्विक रेस्पोन्स टिम उपकरण टोली शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र घटित अपराधमा पनि तत्काल हेरेर रेस्पोन्स र डिजिटल एभिडेन्सहरुलाई पनि रिकभर गर्नका महत्वपूर्ण सावित हुने बताए।

उनले यसबाट प्रहरीमाथि लाग्ने गरेका आरोपहरु पनि नियन्त्रण हुने विश्वास व्यक्त गरे। क्युआरटीले प्रयोग गर्ने मोटरसाइकलमा जिपिएस ट्रयाकिङ जडित हुनेछ।

‘शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र घटित अपराधमा पनि तत्काल हेरेर रेस्पोन्स र डिजिटल एभिडेन्सहरुलाई पनि रिकभर गर्नका लागि र हामीमाथि लाग्ने एलिगेशनहरुमा पनि प्रहरीले यो गर्‍यो, आक्रमण गर्‍यो, मुक्का हान्यो, मापसे गरेर दाँत फुस्किए पनि प्रहरीलाई दोष लगाउने कुरामा पनि यसले नियन्त्रण गर्दछ।’ उनले भने।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शान्ति सुरक्षा कायम गर्न अपराध, अनुसन्धान र नियन्त्रण गर्ने सन्दर्भमा हाम्रा जनशक्ति दक्ष, सक्षम हुनुपर्ने बताए।

उनले प्रहरीका जनशक्तिहरु साधन श्रोतयुक्त बनाउनुपर्ने आवश्यकता रहेको जिकिर गरे। साधन र श्रोतको उपलब्धिपछि मात्रै चाहेअनुसारको शान्ति व्यवस्था कायम हुनसक्ने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर बस्नेतले अहिले पनि प्रहरी समयमा नआइपुग्ने गुनासोहरु कायम नै रहेको भन्दै यसलाई सुधार गर्न आवश्यक रहेको बताए। उनले प्रहरीले आफ्नो कार्य क्षेत्र बाहिरिका कामहरु गर्ने की नगर्ने भन्नेकुरा पनि अहिले छलफलको रुपमा बाहिर आइरहेको सुनाए।

प्रकाशित: २३ फाल्गुन २०८० १९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App