१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रमुख निर्वाचन आयुक्त र फेरनान्डेजबीचभेटवार्ता

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र ‘युनाइटेड नेसन वुमन’ का देशीय प्रतिनिधि पत्रिसिया फेरनान्डेजबीच आयोगको कार्यालयमा आज भेटवार्ता भएको छ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले नेपालको विकासका प्रयासमा ‘युएन वुमन’ले गरेका विभिन्न प्रयासको चर्चा गर्दै हाल लैंगिक समावेशीकरणका क्षेत्रमा सरकारका विभिन्न निकायसँग भएका सहकार्यकाबारेमा जानकारी गराए।

उनले लैंगिक तथा समावेशी नीतिको मूल्यांकन, चौथो रणनीतिपत्र तयारीका साथै सोको कार्यान्वयनमा युएन वुमनमार्फत सहकार्य गर्न आह्वान गरे।

देशीय प्रतिनिधि पत्रिसियाले नेपालको लैंगिक तथा समावेशीकरणको सफलता उदाहरणीय रहेको उल्लेख गर्दै राजनीतिक क्षेत्रमा महिलाको गुणस्तरीय सहभागिता वृद्धिका लागि थप नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए। उनले आयोगले अवलम्बन गरेका लैंगिक समावेशीकरणका प्रयासमा हरसम्भव सहयोग गर्ने विश्वास दिलाए।

भेटवार्तामा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर, सहसचिव रमेश ढकाल र उपसचिव डा. थानेश्वर भुसाललगायतको उपस्थिति रहेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए। –रासस

प्रकाशित: २३ फाल्गुन २०८० १४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App