१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

चितवनमा टिप्पर र दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर ११ को वडा कार्यालय अगाडि मङ्गलवार दिउँसो दुई वटा मोटसाइकल जुधेर टिप्परमा ठोकिन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, विशालचोकबाट भोजाड तर्फ जाँदै गरेको बा.प्र.०६–००२ प ७६५ नम्बरको मोटरसाइकलमा सोहि दिशा तर्फ जाँदै गरेको ना ३९ प २१०२ नम्बरको मोटरसाइकल ठोकिन गई भोजाड तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ख ३७९८ नम्बरको टिप्परमा ठोकिन पुगेको थियो।

मृत्यु हुनेमा ना ३९ प २१०२ को  मोटरसाइकलमा सवार भरतपुर ११का बस्ने प्रेम बहादुर तामाङ रहेका छन्। दुर्घटनामा परी  गम्भीर घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा उनको मृत्यु भएको हो। अहिले तीनवटै सवारी साधन र बा.प्र.०६–००२ प ७६५ को मोटरसाइकल चालक र टिप्पर चालक प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: २३ फाल्गुन २०८० १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App