१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

महायज्ञमा भाग लिन पञ्चकोट पुगे प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहाल बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन यहाँ आइपुगेका छन्। बागलुङ नगरपालिका-६ पञ्चकोटमा उनलाई बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए।

प्रधानमन्त्री दाहालले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यसँग भेट गर्नुका साथै  गण्डकी माताको मन्दिर, हनुमान वाटिकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमानको मूर्ति र यज्ञमण्डपको अवलोकन गर्ने कार्यक्रम छ।

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञबाट जल, जङ्गल र जमिन संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य छ। पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मुख्य धार्मिक गन्तव्यका रुपमा विकास गरिने आयोजकले बताएका छन्।

यही फागुन ९ देखि सुरु भएको महायज्ञ २३ सम्म सञ्चालन हुने छ। पञ्चकोटमा ५० करोड रुपैयाँ बराबरको लगानीमा धार्मिक संरचना निर्माण भएका छन्। सञ्चालित ब्रह्माण्डीय महायज्ञबाट संकलन भएको रकमबाट निर्माणाधीन विश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिइने छ।

–रासस

प्रकाशित: १९ फाल्गुन २०८० १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App