२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

माछा मार्न सेतीमा गएका व्यक्ति मृत भेटिए

सेती नदीमा माछा मार्ने क्रममा हराएका व्यक्ति शुक्रबार बिहान मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाका अनुसार पोखरा महानगरपालिका– १ सिम्पानी बस्ने ४५ वर्षीय मानबहादुर तामाङको शव भेटिएको हो। उनलाई खोज्न बिहीबार बिहान स्थानीय प्रशासनले सेती नदीको ड्यामसमेत खोलेको थियो।

निरीक्षक रानाका अनुसार गत १३ गते बिहान ९ः५५ बजे पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा पाँचजना व्यक्ति माछा मार्न गएका थिए। यीमध्ये तीनजनाको तत्काल उद्धार गरिएको थियो । अर्का एकजना पोखरा महानगरपालिका– १ बस्ने ४० वर्षीय मंगा तामाङ नदीको बिचमा मृत अवस्थामा फला परेका थिए।

मानबहादुर तामाङ भने १३ गतेदेखि नै हराइरहेका थिए। उनको शव शुक्रबार बिहान भेटिएको हो। सम्पर्कविहीन बनेका तामाङलाई खोज्न सशस्त्र प्रहरीले ड्याम खोल्नुअघि नदी खोताखोर परिचालन गरेको थियो, तर उनी फेला परेका थिएनन्।

तामाङको शव पोखरा महानगरपालिका– १५ पट्नेरीस्थित सेती नदीको पानीमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक रानाले जानकारी दिएका छन्।

प्रकाशित: १८ फाल्गुन २०८० १६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App