१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आगलागीपीडितले पाए राहत

जुम्लाको पातारासी गाउँपालिकाले आगलागीपीडित परिवारलाई तत्काल राहत वितरण गरेको छ। पातारासी गाउँपालिका– २ तल्फी गाउँका आगलागीपीडित कलसिंह सार्कीलाई राहत वितरण गरिएको हो।

गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा र उपाध्यक्ष जनमाया रोकायाले शनिबार पीडितका घरमै पुगेर राहत वितरण गरेका थिए। गाउँपालिकाले तत्कालका लागि चामल, तेल र लत्ताकपडा ओढ्ने–ओछ्याउने र २८ जना परिवारलाई लगाउने एक सरो लुगा वितरण गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताइन्। उनले भनिन्, ‘एक लाख मूल्यबराबरको राहत उपलब्ध गराइएको छ।’

फागुन ११ गते राति साढे ११ बजेतिर आगालागी भएको थियो। सार्कीको दुईतले आठकोठे घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको थियो। जुम्ला प्रहरीका अनुसार आगलागीबाट ४१ लाख १५ हजार रुपैयाँबराबरको क्षति भएको छ।

नगद तथा जिन्सी सामानलगायत गहना, अन्नपात तथा लुगाफाटो पूर्णरुपमा जलेका छन्। घर जलेपछि सार्कीको २८ जनाको संयुक्त परिवार विस्थापित भएको छ।

प्रकाशित: १३ फाल्गुन २०८० ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App