१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

सन्दीप जेल जाने कि बाहिरै बसेर मुद्दा लड्ने ? निर्णय आजै हुने

सन्दीप लामिछानेलाई ८ वर्ष कैद पठाउने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन पेश भएको छ। 

सन्दीपले आफू थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने मागसहित उनका कानुन व्यवसायीले निवेदन पेश गरेका हुन्।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस १३ मा जर्बजस्तीकरणी भएको ठहर गर्दै पुस २४ मा सजाय तोकेको थियो।

उच्च अदालत पाटनमा पेश भएको निवेदनमाथि अध्ययन भइरहेको बताइएको छ। प्रवक्ता तीर्थराज भट्टराईका अनुसार सन्दीपलाई थुनामा राख्ने वा बाहिरै बसेर मुद्दा लड्न पाउने निर्णयपछि पुनरावेदन निवेदन दर्ता गरिनेछ। मुद्दा दर्ताको अधिकार उच्च अदालतका रजिष्ट्रारलाई दिइएको छ।

सन्दीपका विषयमा आज नै निर्णय हुने प्रवक्ता भट्टराईले बताए। कि त उनी जेल जानुपर्नेछ कि उनले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनेछन्।

प्रकाशित: १० फाल्गुन २०८० १६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App