१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

कैलालीमा सडक खन्दै गर्दा ‘बम’ विस्फोट, चार जना घाइते

धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग अन्तर्गत कैलालीको भासुभिर सडक-खण्डमा आज साँझ विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते भएका छन्।

सडक मर्मतसम्भार गर्दै गरेको अवस्थामा भएको उक्त विस्फोटबाट एस्काभेटरका चालक डडेलधुराको आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, कैलालीको चुरे गाउँपालिकाका ४५ वर्षीय वसन्त खड्का, सुर्खेत घर भई कञ्चनपुर बस्दै आएका रोलर अपरेटर २२ वर्षीय हीरा थापा र विराटनगर घर भई कञ्चनपुर बस्दै आएका ३५ वर्षीय नवीन देव घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। 

‘एस्काभेटरले सडकखण्ड फराकिलो पार्ने क्रममा अचानक विस्फोट भएको हो।’ उनले भने। घटनालगत्तै फलटुँडेबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।

चारैजनाको अनुहार र आँखामा चोट लागेको छ। उनीहरु बोल्नसक्ने अवस्थामा रहेका प्रहरी नायब उपरीक्षक चन्दले बताए। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइते सबै कामदार रहेको बताइएको छ।

प्रकाशित: ९ फाल्गुन २०८० २३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App