१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

स्वयम्भु घटनाः पहिले हत्या त्यसपछि आत्महत्या !

मृतकका श्रीमान पनि आत्महत्या गरेको अवस्थामा फेला

स्वयम्भुमा मृत अवस्थामा फेला परेका तीनजनाको हत्या भएको प्रहरीले प्रारम्भिक आशंका गरेको छ। नागार्जुन नगरपालिका–६ स्वयम्भू घटनास्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार मृतक तीनैजनाको हत्या भएको बलियो प्रमाण फेला परेको छ। उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ।

मृत्यु हुनेमा ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ छन्।

हत्या ईश्वरीका श्रीमान राजु घिमिरेबाट भएको हुन सक्ने प्रहरीले जनाएको छ। उनी पनि सितापाइला नजिकैको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीस्रोतले बतायो। ईश्वरी राजुकी श्रीमती र अनिशा छोरी रहेको खुलेको छ । शिवानी भने राजुका भतिजाकी छोरी रहेको बुझिएको छ।

प्रकाशित: ९ फाल्गुन २०८० १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App