१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महिलाहिंसाका घटना बढे: इन्सेक

सन् २०२३ को मानवअधिकार उल्लंघन सूचकांकमा महिलामाथि हुने हिंसाका घटनामा कमी आएको देखिएन। चाहे त्यो घरेलु हिंसाका नाममा होस् वा बलात्कारका घटना। ‘बोक्सी’ को आरोपमा महिलामाथि हुने दुर्व्यवहार नरोकिएको इन्सेकले प्रकाशन गरेको मानवअधिकार वर्ष पुस्तकमा समेटिएको छ।

इन्सेकका अनुसार एक वर्षमा महिला हिंसासम्बन्धी पाँच हजार ९०३ घटना भए। जसमा बेचबिखन तथा ओसारपसार, बोक्सीको आरोप, बलात्कार, बलात्कार प्रयास, घरेलु हिंसा, यौन दुव्र्यवहार, प्रसूति सेवा र बेचबिखन तथा ओसारपसार प्रयास छन्।

पारिवारिक अपराधबाट १४९ जनाले ज्यान गुमाएको वर्ष पुस्तकमा उल्लेख छ। जसमध्ये ४० जना पुरुष छन्। ‘सन् २०२३ मा मात्रै पतिको हातबाट १०९ महिलाको हत्या भयो,’ इन्सेकका अध्यक्ष कुन्दन अर्यालले पुस्तकमा लेखेका छन्। एक वर्षमा ४५ जना महिला दाइजो सम्बन्धी हिंसामा परे।

दाइजोकै निहुँमा सात जना महिलाको हत्या भएको देखिन्छ। सर्लाहीमा १५, सप्तरीमा १०, धनुषामा सात, कपिलवस्तुमा ६, बारामा तीन, सुर्खेतमा दुई, बाँके, चितवन, कास्की, काठमाडौं, महोत्तरी, रौतहट, रूपन्देही, सुनसरी र स्याङ्जामा एक–एकवटा हिंसाका घटना भएको सो पुस्तकमा उल्लेख छ।

प्रकाशित: ८ फाल्गुन २०८० ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App