२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बजार नपाएको भन्दै किसानले सडकमै दूध पोखेर गरे आन्दोलन

दूधले बजार नपाएपछि चितवनका किसानले सडकमै दूध पोखेर आन्दोलन गरेका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको नेतृत्वमा केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेर विरोध जनाएका हुन्।

किसानको समस्या समाधान गर्न सरकार असक्षम रहेको भन्दै आन्दोलित किसानहरूले कृषि मन्त्रीको राजीनामासमेत माग गरेका छन्। दूधले बजार नपाएको र साउनदेखि भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादक किसान आन्दोलित बनेको संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए। यसअघि पटक पटक राज्यको ध्यानाकर्षण गराइसक्दा समेत किसानका माग सुनुवाइ नभएपछि बाध्य भएर सडकमा दूध पोखाउनु परेको उनले बताए।

बगालेका अनुसार विभिन्न डेरी उद्योगहरूले दूध लगे बापत चितवनका किसानलाई ५२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।  चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ। दुई चार दिनयता डेरी उद्योगले दूध लैजान आनाकानी गर्दा मिल्क होलि डे (दूध बिक्री नहुने) जस्तै भएको अध्यक्ष बगालले बताए।

भरतपुर–१० स्थित संघको कार्यालय परिसरमा भेला भएका किसानले नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासमक्ष ज्ञापनपत्र बुझाएका थिए।

प्रकाशित: ६ फाल्गुन २०८० १६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App