१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कपिलवस्तु बस दुर्घटना: दसैँ जनाको सनाखत

कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको सनाखत भएको छ।

मृत्यकमध्ये रौतहट औरही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमान, भिमदत्त नगरपालिका–१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भिमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका– १६ कन्चनपुर वर्षीय सन्जु थापा, पुनर्वास नगरपालिका निवासी किसन भट्टको दुर्घटना स्थलमै मृत्यु भएको हो।

यसैगरी भिमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भिमदत्त नगरपालिका–२ बस्ने सुदिप भट्ट र पुनर्वास नगरपालिका–९ बिसफाटा बस्ने विमलादेवी भट्टको पहिचान खुलेको छ।

सुदूर पश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट करिब १ सय मिटर तल खसेको हो। चन्द्रौटादेखि उत्तर १६ किलोमिटर मोडमा दुर्घटना भएको थियो। महेन्द्रनगरबाट काठमाडौँतर्फ गइरहेको बस बिहीबार राति १२ः२५ बजे दुर्घटना भएको हो। महेन्द्रनगरबाट काठमाडौँ सुनौलो महाकाली  यातायात दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

दुर्घटनाबाट ३० जना घाइते भएका छन्। तीमध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ। अन्यको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको कपिलवस्तु प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए।

प्रकाशित: ३ फाल्गुन २०८० ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App