१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

कार्यादेशलाई पहिलो सर्त मान्छु: डिआइजी खापुङ

कोसी प्रदेश प्रहरी प्रमुख (डिआइजी) चन्द्रकुबेर खापुङले आफू कार्यादेशभन्दा अलिकति पनि तलमाथि हुने गरी कार्य सम्पादनको पक्षमा नरहेको बताएका छन्।

जिल्लाको बस्तुस्थिति बुझ्ने क्रममा ताप्लेजुङ आइपुगेका खापुङले व्यक्तिगत लहडमा आफू नजाने र अनावश्यक फन्डाबाजीसमेत नगर्ने दोहोर्‍याए। प्रहरीप्रति जनताको अपेक्षा ठूलो रहेकाले शान्ति सुरक्षामा कुनै सम्झौता नगरी अघि बढ्न उनले मातहतका प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिएका छन्।

कार्यादेशभन्दा तलमाथि नहुने गरी कार्य सम्पादन गर्ने हो भने यसले प्रभावकारी नतिजा ल्याउने उनको भनाइ थियो। उनले अनावश्यक फन्डाबाजीले नतिजा नदिने भएकाले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नसमेत प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। सुरक्षा चुनौतीलाई सबै सुरक्षा निकायको सहकार्यमा सापेक्षित समाधान गर्न सकिने उनको भनाइ थियो।

पाथीभरा केबलकार निर्माणसम्बन्धी संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो बिना मतभेद व्यवस्थापन होस् भन्ने पक्षमा आफूहरू रहेको बताए। नेपाल प्रहरी सेनापछिको पुरानो संगठित संस्था भएको भन्दै उनले जनताको शान्तिसुरक्षाको जिम्मेवारीलाई कर्तव्यको रूपमा लिएर पूरा गर्न प्रहरी कर्मचारीलाई आग्रह गरेका छन्।

प्रकाशित: २४ माघ २०८० ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App