२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘मित पालिका’ लाई ३५ लाख सहयोग

ललितपुर महानगरपालिकाले गुल्मीको मालिका गाउँपालिकालाई ३५ लाख रुपैयाँ सहयोग गरेको छ। मितेरी सम्बन्ध रहेको मालिका गाउँपालिकालाई पालिकाभित्रका साँस्कृतिक सम्पदा संरक्षणका लागि ललितपुर महानगरले ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।

ललितपुरको ललितपुर महानगरपालिका र गुल्मीको मालिका गाउँपालिकाले गत असारमा मितेरी सम्बन्ध गाँसेका थिए। बिहीबार ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याललाई ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

मितेरी पालिकाले दिएको सहयोग रकम मालिका गाउँपालिकाको पहिचान गराउने धार्मिक क्षेत्र मालिका मन्दिर निर्माणमा लगाउने मालिकाका अध्यक्ष अर्यालले बताए।

‘ललितपुरले गरेको सहयोग मालिका मन्दिर निर्माणमा लगाउने छौं’, अर्यालले भने, ‘मितेरी सम्बन्ध स्थापना भएपछि गाउँपालिकाको रैथाने कृषि उपजको बजारीकरणमा समेत ललितपुरले सहयोग गर्दै आएको छ।’

चेक हस्तान्तरण गर्दै ललितपुर महानगर प्रमुख महर्जनले आगामी दिनमा पनि मितेरी पालिकासँग सहयोग आदानप्रदान हुने बताए। आफु सक्दो सहयोग गर्न आफु सदैव तयार रहेको उनको भनाई छ। प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसीको उपस्थितिमा चेक हस्तान्तरण भएको हो।

प्रकाशित: १९ माघ २०८० ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App