५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

‘गरिबका लागि मानव अधिकार आयोग खोज्नुपर्ने भयो’

गरिबका लागि राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय खोज्नुपर्ने अवस्था भएको एक कार्यक्रमबीच सहभागीहरुले बताएका छन्।

मानव अधिकार तथा सामाजिक मञ्च (मानव अधिकार एलाइन्स) काठमाडौंको शनिबार राजधानीमा भएको जिल्ला सम्मेलन तथा वार्षिक भेलाको उद्घाटन गर्दै वक्ता मानव अधिकारवादीहरूले गरिबले छाम्दा पनि मानव अधिकार पाउन नसकेको भनाई राखे।

साथै उनीहरुले मानव अधिकारवादी पनि हुने खाने र हुने खाने गरी दुई वर्गको पक्षमा काम गर्ने गरेको आरोप लगाए। साथसाथै उनीहरुले समाजवाद उन्मुख संविधान भएको देशमा पनि धनीले पढ्ने र गरिबले पढ्ने अनि धनीले उपचार गर्ने र गरिबले गर्ने उपचार दुई प्रकारको स्कुल र अस्पताल कसरी भयो भनी प्रश्न गरे।

सम्मेलनको उद्घाटन गर्दै मानव अधिकार तथा सामाजिक मञ्च (मानव अधिकार एलाइन्स) का केन्द्रीय अध्यक्ष मीनबहादुर शाहीले राज्यको प्रथम दायित्व मानव अधिकार हुनुपर्ने बताए। उनले नेपालीलाई कि त असुरक्षित देशमा रोजगारीका लागि पठाउनै नहुने, पठाए पनि सुरक्षित गर्नुपर्नेमा जाेड दिए।

आयोजक मानव अधिकार तथा सामाजिक मञ्च (मानव अधिकार एलाइन्स) काठमाडौंका अध्यक्ष मोहन दंगालले सबै नेपालीले समान रुपमा मानव अधिकारका उपभोग गर्न पाउनुपर्नेमा जोड दिए। 

प्रकाशित: १३ माघ २०८० १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App