५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

अध्यागमन कार्यालयका प्रमुख गोगन हमालमाथि प्रहरीले गरे हातपात

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन हमालमाथि विमानस्थलमा खटिएका प्रहरीले हातपात गरेका छन्।

शुक्रबार बिहान अध्यागमनका एक अधिकृत छायालाल मोक्तानमाथि हातपात गरेको विषयमा हमालले प्रश्न उठाउँदा ती प्रहरीले हमालमाथि नै हातपात गरेका हुन्।

अध्यागमन विभागका सुचना अधिकारी प्रेम प्रसाद दाहालले प्रमुख हमाल र अधिकृत मोक्तानमाथि हातपात भएको र अहिले छलफल भइरहेको बताए।

उनले भने, 'अधिकृत छायालाल मोक्तानमाथि प्रहरीले हातपात गरे। त्यसपछि प्रमुख हमालमाथि पनि हातपात भएको छ। अहिले सोहि विषयमा छलफल चलिरहेको छ।'

यो विषयमा अध्यागमन विभागले प्रहरी प्रधान कार्यालयलाई जानकारी गराइसकेकाे छ। 

प्रकाशित: १२ माघ २०८० १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App