१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

महँगो ब्रान्डका बोतलमा नक्कली मदिरा! नाै जना पक्राउ

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महँगो ब्रान्डका बोतलमा नक्कली मदिरा मिसाएर विक्री वितरण गर्ने गिरोहलाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा दुई कारखानाका संचालकसहित ९ जना रहेका छन्।

महँगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेका उनीहरूलाई प्रहरीले आज नै सार्वजनिक गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक सोमेन्दसिंह राठौरले जानकारी दिए। काठमाडौंका विभिन्न ठाउँबाट नक्कली मदिरा बनाउने कारखानासहित ९ जनालाई आज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ३ माघ २०८० ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App