१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

१४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ५ जना पक्राउ

१४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा मुगु प्रहरीले ५ जना पक्राउ गरेको छ।

छायाँनाथ रारा नगरपालिका घर भइ गमगढीमा बस्दै आएकी १४ वर्षीया किशोरी माथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक रुपमा बलात्कार गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले बताए।

बलात्कार आरोप लागेका नगरपालिका-५ कार्कीबाडाका ३० वर्षीय नगर प्रहरी बसन्तबहादुर कार्की, जिल्ला कृषि विकास कार्यालयका कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीया बसन्त रोकाया लगायत १४ वर्षमुनिका ३ जनालाई पक्राउ गरेर ५ दिन म्थाद थपेर अनुसन्धान कार्य अघि बढाइएको उनले बताए। आरोपित कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायतसहित अन्य तीन जना फरार छन्।

किशोरीको पेटमा १८ हप्ते गर्भ रहेको खुलेको छ। किशोरीको स्वास्थ्य बिग्रिन थालेपछि परिवारले उनलाई अस्पताल लगेको थिए। उनलाई अस्पतालमा उपचार नहुने अवस्था आएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको छ। पीडित किशोरीले दिएको जाहेरीअनुसार गत असोज १० गते नगर प्रहरी बसन्तबहादुर कार्कीले डेरामा आएर एक छिन काम छ भन्दै बाहिर बोलाएका थिए। डेरा बाहिर बोलाएर कृषि विकास कार्यालय भवनमा नगर प्रहरी कार्की र पदमबहादुर कठायतले करणी गरेको किशोरीको भनाइ छ।

प्रकाशित: २ माघ २०८० ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App