१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

टुँडिखेल भागदौडमा घाइतेमध्ये १४ जना डिस्चार्ज, २ जना चिकित्सकको निगरानीमा (अपडेट)

फाइल तस्बिर

टुँडिखेलमा भागदौड हुँदा घाइते भएकामध्ये १४ जना उपचार पछि घर फर्केका छन्। २ जना अझै चिकित्सकको निगरानीमा छन्।

राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री रिजालका अनुसार आइतवार भागदौडमा परी घाइते भएका १६ जनामध्ये १४ जना डिस्चार्ज भइसकेका छन् भने अन्य २ जना चिकित्सकको निगरानीमा रहेका छन्।

उनले चिकित्सकको निगरानीमा रहेका २ जनाको अवस्था हेरेर आजै डिस्चार्ज गर्ने सम्भावना रहेको बताए।

माघे सङ्क्रान्तिको अवसरमा आइतवार मगर र थारु समुदायले टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएका थिए।

महोत्सव स्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीले बताएको थियो।

१२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन्। साथै २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर घाइते भएका थिए।

प्रकाशित: २ माघ २०८० ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App