३० वैशाख २०८१ आइतबार
image/svg+xml

टुँडिखेल भागदौडमा घाइतेमध्ये १४ जना डिस्चार्ज, २ जना चिकित्सकको निगरानीमा (अपडेट)

टुँडिखेलमा भागदौड हुँदा घाइते भएकामध्ये १४ जना उपचार पछि घर फर्केका छन्। २ जना अझै चिकित्सकको निगरानीमा छन्।

चर्चमा भएको भागदौडका क्रममा २० को मृत्यु

चर्चमा भएको आकस्मिक भागदौडका क्रममा तान्जानियामा कम्तीमा २० जनाको मृत्यु भएको छ। देशको उत्तरतर्फ रहेको चर्चमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

कासिम सुलेमानीको अन्तिम संस्कारमा भागदौड, कम्तीमा ३५ को मृत्यु

अमेरिकी ड्रोन हमलामा गत साता मारिएका इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानीको अन्तिम संस्कारमा भागदौड हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

भारतको मन्दिरमा भागदौड हुँदा चार जनाको मृत्यु, कैयौं घाइते

पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको छ।

मुम्बई रेल्वे स्टेसनमा भागदौड हुँदा २२ को मृत्यु

मुम्बई रेल्वे स्टेसनमा भएको भागदौडमा २२ जनाको मृत्यु भएको छ। भारी वर्षासँगै बढी भिड रहेको अल्फिन स्टोन स्टेसनमा बिहान साढे १० बजे भागदौड भएको थियो। घटनामा  २७ जनाभन्दा बढी घाईते भएका छन्।

रंगशालामा भागदौड हुँदा १७ जनाको मृत्यु

उत्तरी अंगोलाको एक रंगशालामा शुक्रबार भएको भागदौडमा परि १७ जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको जनाइएको छ।

भागदौड मच्चिँदा इथियोपिया ५२ जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा

इथियोपियामा तीन दिने राष्ट्रिय शोक सोमबारबाट सुरु भएको छ। एक धार्मिक पर्वको क्रममा सरकारविरोधी समूह र प्रहरीबीच भएको झडपमा ५२ जनाको मृत्यु भएपछि सो तीनदिने राष्ट्रिय शोक घोषणा गरिएको राज्यद्वारा नियन्त्रित सञ्चार माध्यमले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्