७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

जेलभित्रका ‘साधु सन्त’सँग घुलमिल हुँदैछन् ‘तपस्वी’ बम्जन

फाइल तस्बिर

सर्लाही जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि महोत्तरी कारागार पठाइएका कथित तपस्वी रामबहादुर बम्जन कारागारभित्र साधु सन्तसित बस्ने गरेका छन्।

कारागार पुगेपछि बम्जन पहिलो रात कारागारभित्रै बनाइएको राधाकृष्ण मन्दिरमा नै रात बिताएका थिए। कारागारमा प्रवेश गरेपछि पहिलो पटक शुक्रवार नुहाएका बम्जन कारागारमा रहेका अन्य कैदीसरह सामान्य जीवन बिताउने गरेको पाइएको छ।

बम्जनले कारागारभित्र सुत्नको लागि खाटको माग गरेका भए पनि व्यवस्था गर्न नसकिएको कारागार प्रमुख साहले बताएका छन्।

कारागार प्रमुख रामचन्द्र साहले भने – कारागारभित्र ६/७ जना साधु सन्त छन्। बम्जन उनीहरूसँगै खान्छन्। बम्जनले शाकाहारी खाना खाने गरेको कारागार प्रमुख साह बताउँछन्।

कारागारभित्र सामान्य कैदीजस्तै बस्ने गरेका बम्जनप्रति कारागारमा रहेका कैदीहरूको पनि उत्सुकता रहेको छ। मुख्य गरी कैदीहरूले बम्जनको जीवनशैलीप्रति उत्सुकता देखाए पनि बम्जन सामान्य रूपमा बस्ने गरेका छन्।

कारागारभित्र ५९८ जना कैदी रहेका छन्। बम्जनले कारागारभित्र सुत्नको लागि खाटको माग गरेका भए पनि व्यवस्था गर्न नसकिएको कारागार प्रमुख साहले बताएका छन्।

प्रकाशित: २९ पुस २०८० ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App