७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

‘तपस्वी’ बम्जनले ५ करोडको नयाँ गाडी किन्न दिएका थिए अर्डर

‘तपस्वी’ रामबहादुर बम्जनले ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्न अर्डर दिएको पाइएको छ।

बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बम्जनले ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्न अर्डर दिएको सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिए।

प्रवक्ता अधिकारीका अनुसार बमजनले धुम्बाराहीस्थित एक शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्दै थिए। उक्त गाडी वौद्ध श्रवण धर्म संघ ललितपुरको अध्यक्ष पनित महर्जनको नाममा लिँदै गरेको पाइएको छ।  

बमजनले चढ्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर पनि प्रहरीले बरामद गरेको छ।

तुलाराम तामाङको नाममा रहेको टोयोटा फर्च्युनर गाडी उनी चढ्ने गरेको पाइएको छ।

प्रकाशित: २५ पुस २०८० ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App