सरकारले रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ।
वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक लगाएको जानकारी दिएको हो।
विभागले नेपाली नागरिक रुसी सेनामा गएर मृत्यु भएको खबर आइरहेको भन्दै श्रम स्वीकृतिमा रोक लगाएको बताएको छ।
![](https://images.nagariknewscdn.com/photos/1704370430_Scan_20240104%20(4).jpg)
प्रकाशित: १९ पुस २०८० १२:१२ बिहीबार