१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छ: पूर्व प्रधानन्यायाधीश कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छिन्।

आज आइतबार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राण: सुशासन र सद्भाव’ विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी हुन । उनले देशमा सबै कुराहरू राम्रो भए पनि नेताहरु भने भ्रष्ट रहेका बताइन। 

उनले भोलि आउने नेताहरु पनि भ्रष्ट हुने अवस्था रहेको भन्दै देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनु जरुरी रहेको बताइन। उनले भ्रष्टाचारको सन्दर्भमा नेताहरुलाई मात्रै दोष दिन भने नमिल्ने बताइन। उनले देशमा भ्रष्टाचार गर्न अघि नबढ्ने कोही नभएको भन्दै सबैले भ्रष्ट मानसिकतालाई त्याग्नुपर्ने बताइन।

पूर्व प्रधानन्यायाधीश कार्कीले सरकारको मानसिकता ‘जफत गर्ने’ मात्रै भएको टिप्पणी गरिन । उनले नागरिकसँग भएका जेथाहरू समेत राजनीतिक दलका कार्यकर्ताहरूले जफत गर्ने गरेका बताइन। उनले राजनीतिक दलहरुसँग गुण्डा, फटाहा र मवाली मात्रै कार्यकर्ताहरू रहेका  बताइन। आम नागरिकमा आर्थिक अभाव भए पनि दलका कार्यकर्ताहरूसँग भने करोडौँ सम्पत्ति भएको उनको भनाई छ।

पूर्व प्रधानन्यायाधीश कार्कीले देशमा देखिएका विसङ्गतिका कारण व्यवस्था जाने अवस्था भने नआउने बताइन। उनले संविधानमा देखिएका समस्याहरूलाई भने संशोधन गर्दै जान सकिने बताइन।

प्रकाशित: २४ मंसिर २०८० १५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App