१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

रिस छोरासँग, हत्या आमाकाे

इटहरी खनारमा

छोरासँगको विवादमा छुरा प्रहार गरि इटहरी खनारमा आइतबार दिउँसो एक महिलाको हत्या भएको छ।

इटहरी वडा नं. १२ की ५० वर्षीया भूमिकुमारी चौधरीको हत्या भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाइएको छ। दिउँसो १:१० बजेतिर सोही ठाउँका २३ वर्षे गणेश चौधरी भूमिकुमारीका छोरासँगको रिसिइबीले गर्दा घरमै विवाद गर्न पुगेका थिए।

त्यो बेला भूमिकुमारीका छोरा नभेटेपछि आमालाई नै छुरा प्रहार गरेको खुलेको इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीले बताए। छुरा प्रहारबाट सिकिस्त भएकी भूमिकुमारीलाई उपचारका लागि अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको हो।

‘गणेश लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ,’ उनले भने, ‘भूमिकुमारीका छोरासँगको रिसिइबीले गर्दा घरमै विवाद गर्न गएको झोकमा आमालाई भेटेपछि आमालाई नै छुरा प्रहार गरेको खुलेको छ।’

गणेशलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २४ मंसिर २०८० १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App