२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जाजरकोट भूकम्प पीडित सहयोगका लागि चित्रकला

हिलिङ जाजरकोटलाई निरन्तरता दिन, स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड विद्यालयले चित्रकला गर्ने भएको छ। 

विद्यालयले आगामी मंसिर २४ गते देशका १० अग्रणी भिजुअल आर्टिस्टलाई विद्यालय परिसरमा चित्रकला गर्न आमन्त्रित गरेको छ।

कलाकारहरूबाट सृजित चित्रकलाहरु पुस ७ गतेदेखि जीजी मचन रेस्टुरेन्ट, ललितपुरमा प्रदर्शनीमा राखिनेछ। प्रदर्शनीमा बिक्रीबाट उठेको रकम जाजरकोट भूकम्प पीडितहरूको सहयोगार्थ प्रयोग गरिने छ।

गत साता मात्रै जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि स्वस्तिश्री गुरुकुल आई। बि।वर्ल्ड विद्यालयले विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय स्टाफ सबैको स्वैच्छिक सहयोग र योगदानबाट पहिलो चरणको सहयोग स्वरूप कपडा, स्टेस्नरी सामग्री र खाद्यान्न प्रभावित क्षेत्रमै पुगी पीडितहरूलाई वितरण गरिसकेको छ।

प्रकाशित: २० मंसिर २०८० १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App