१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग

फाइल तस्बिर

चुरे क्षेत्रबाट अवैध रूपमा गिटी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांगे्रस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी कांगे्रस जिल्ला समितिले कानुनविपरीत स्थानीय तह र प्रहरी प्रशासनसमेतको मिलेमतोमा खुलेआम तस्करी भइरहेको आरोप लगाएको हो । कांग्रेस जिल्ला समिति सभापति रामचन्द्र यादवले जिल्लामा हुने गरेका अवैध गतिविधि तत्काल नियन्त्रण नगरिए आन्दोलन गर्ने चेतावनी दिए ।

‘नेपाल–भारत खुला सिमानाबाट संगठितरूपमा तस्करी हुने गरेको छ, चुरेको दोहन रोकिएको छैन’, सभापति यादवले भने, ‘अवैध गतिविधि नियन्त्रण गर्न हामी सरकारसँग माग गर्दछौं ।’  

त्यसैगरी सिरहा कांग्रेसले धान, सागसब्जी तथा फलफूलको उचित मूल्य निर्धारण गरी बजारीकरण गर्न, समयमै मलखाद तथा बीउविजन उपलब्ध गराउन माग गरेको छ । –रासस

प्रकाशित: २० मंसिर २०८० ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App