१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

कपिलवस्तुमा एक पुरुषको शव फेला

कपिलवस्तु बुद्धभुमी नगरपालिका– १० चेतरादेहि स्थित बाणगंगा खोलामा एक पुरुषको शव फेला परेको छ।

चेतरादेहि सामुदायिक वनको बाणगंगा खोला बगरको बयर घारिमा सो शव फेला परेको हो। नाम थर वतन नखुलेको अन्दाजी २५/२६ वर्षकाे पुरुष व्यक्ति कम्मरदेखी माथिको भागमा किरा/औसा परी सडिगलेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताए।

घोप्टो अवस्थामा रहेको मृतकले ईआइआर लेखेको निलो जिन्स पाइन्ट, कालो खैरो फुल बाउला भएको सट, खैरो लेदरको पेटि, सेतो सोलमा कालो पिता वाला चप्पल लगाएको अवस्थामा भेटिएको हो।

भैँसी चराउन गएको बेला गाउँलेहरुले शवलाई देखेपछि प्रहरीमा खबर गरेका थिए। शव सडेगलेको अवस्था रहेको र पहिचान समेत नखुलेकोले घटनाको अनुसन्धान अघि बढाउन समेत समस्या परेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

शवलाई कपिलवस्तु अस्पतालको शव गृहमा राखिएको छ।

प्रकाशित: १७ मंसिर २०८० १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App