८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

९ वटा सवारी साधनमा दियो ट्रकले ठक्कर, २ जना घाइते

मोरङको उर्लाबारी नगरपालिका क्षेत्रमा पार्किङ गरी राखेको  ९ वटा सवारी साधनलाई एउटा ट्रकले ठक्कर दिएको छ।  

उर्लाबारी–५ मधुमल्ला रोडमा पार्किङ गरेर राखिएका ९ वटा सवारी साधनलाई आज  बिहीबार दिउँसो अढाई बजेतिर एक ट्रकले ठक्कर  दिएको थियो । ट्रकको ठक्करबाट सावरी साधनमा क्षति पुग्नुका साथै २ जना घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३ ख ४०७८ नम्बरको ट्रकले सडक छेउमा पार्किङ गरेर राखिएका ३ वटा अटो टेम्पो, ३ वटा मोटरसाइकल, २ वटा सिटीसफारी र एउटा पिकअप गाडीमा क्षति पुगेको छ । आफैं अनियन्त्रित बनेको ट्रकले सडकको छेउमा पार्किङ गरेर राखिएका को २ ह ४७२२, प्रदेश १–०२–००३ ह ३४०६ र प्रदेश १–०२–००३ ह २९४० नम्बरको अटो तथा प्रदेश १–०२–०५१ प ४४२२, मे ११ प १९९५ र प्रदेश १–०१–०१४ प ७४४३ नम्बरको मोटरसाइकल एवं प्रदेश १–०१–००२ ह २५५० र को १ ह ७६८५ नम्बरको सफारी तथा को २ च २३ नम्बरको पिकअपमा क्षति पुगेको डिएसपी दाहालले बताए।

गिट्टी लोड गरिएको ट्रकले ठक्कर दिँदा केही सवारी साधनमा पूर्ण रूपले क्षति पुगेको बताउँदै, डिएसपी दाहालले भने, ‘केहीमा आंशिक क्षति पुगेको छ। सावरी साधनमा कोही नभएकाले मानवीय क्षति हुन भएको छैन। २ वटा अटोका चालक सामान्य घाइते भएका र उनीहरुको उपचार भइरहेको छ।’

उनका अनुसार २९४० नम्बरको अटोका चालक उर्लाबारी–१ का ४० वर्षीय दिलकुमार बोहोरा र ४७२२ नम्बरको अटोका चालक उर्लाबारी–६ का ४२ वर्षीय पदमप्रसाद भट्टराई घाइते भएका हुन् । उनीहरुको सामान्य अवस्था रहेको हुँदा उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको प्रकृति हेर्दा ठूलो मानवीय क्षति हुनबाट जोगिएको डिएसपी दाहालले बताए।  

दुर्घटना भएका बेला ट्रक इलामको फाकफोकथम गाउँपालिका–४ का २२ वर्षीय योगेन्द्र थापा मगरले चलाएको खुलेको बताउँदै, डिएसपी दाहालले भने, ‘प्रारम्भिक अनुसन्धानबाट चालक नभई ट्रकको सहचालक रहेको र उनीसँग सवारी चालक अनुमतिपत्रसमेत नभएको खुलेको छ । लापरबाहीपूर्ण तवरले सवारी चलाउँदा दुर्घटना भयो। ट्रकमा मुख्य चालक नभएको र उसले एक्कले चलाएर ल्याउँदा दुर्घटना भएको हो।’

इलाका प्रहरी कार्यालय उर्लाबारी इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ । अनुसन्धानपछि घटनाको विस्तृत विवरण आउने छ । ट्रक धनी र ट्रकका मुख्य चालकको खोजी भइरहेको बताउँदै, डिएसपी दाहालले भने, ‘अहिलेसम्म कोही पनि सम्पर्कमा आएका छैनन्। क्षति भएका सवारी साधनको क्षतिपूर्ति लगायत कानुन बमोजिम चालकलाई कारबाही गर्ने छौं।’  

प्रकाशित: १४ मंसिर २०८० १४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App