२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आगलागी घटनामा घाइते थप एक जनाको मृत्यु

मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा परी घाइते भएका मध्ये थप एक जनाको मृत्यु भएको छ।

आगोको लपेटामा परी घाइते भएका मध्ये सोमबार राति थप एक जनाको भएको थियो । घाइतेहरूको उपचारका क्रममा मृत्यु हुने संख्या ५ पुगेको प्रहरीले जनाएको छ । कात्तिक २६ गते लक्ष्मी पूजाको राति उर्लाबारी नगरपालिका–७ स्थित स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परेर ज्यान गुमाउनेको संख्या ५ पुगेको हो । घाइतेमध्ये ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले  जानकारी दिए।धनुषाको जनकनन्दिनी गाउँपालिका घर भई उर्लाबारी–७ मा बस्दै आएका मरिताको राति साढे ११ बजेतिर मृत्यु भएको हो।आगो नियन्त्रणमा लिने क्रममा गम्भीर घाइते भएका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो।

 घटनामा घाइते भएकामध्ये उर्लाबारी–७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल (दीपक), ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको छ। 

सुनचाँदी पसलका सञ्चालक दीपक कार्की पनि घाइते भई उपचारमै रहेका छन् ।आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरी २८ जना घाइते भएका थिए।आगलागीमा परी घाइते प्रहरी र २० जना स्थानीय गरी २४ जनालाई उपचारका लागि काठमाडौं लगिएको थियो।

प्रकाशित: १२ मंसिर २०८० १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App