५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भ्रष्टाचार आरोपमा निवर्तमान उपमेयरसहित ९ जनाविरुद्ध अरोप पत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी रामुधनी नगरपालिकाका निवर्तमान उपमेयरसहित नौ जनाले बाटो कालोपत्रे गर्ने क्रममा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

अख्तियारले रामुधनी नगरपालिकाका निवर्तमान उपमेयर सविनाकुमारी चौधरी, वडा नं. ३ का निवर्तमान वडा अध्यक्ष राजकुमार चौधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देबेन्द्र नारायण चौधरी र  सव–इन्जिनियर हर्षलाल चौधरीबिरुद्द विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

यस्तै, तत्कालीन रामधुनी वडा नं. ३ का  वडा सदस्य (नगर कार्यपालिका सदस्य) टिकालक्ष्मी श्रेष्ठ, योजना शाखाका सहायक पाँचौ तहका सुनीलकुमार चौधरी र निर्माण कम्पनी जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोपाइटर नानु कुमारी निरौला (बस्नेत) विरुद्ध पनि भ्रष्टाचार गरेको दाबीसहित आरोप पत्र दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘अनुसन्धान गर्दा सबै जनाको  वद नियत देखिएको छ,’ प्रवक्ता दाहालले नागरिकसँग टेलिफोनमा भने।

अख्तियारद्वारा जारी विज्ञप्तिमा रामधुनी वडा नं. ३ को रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक सिंगियादेखि वडा नं. ४ को लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माण कार्यमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाई बढी भुक्तानी गरेको उल्लेख छ।

निर्माण स्थलमा नगरे–नगराएको काम भएको भनी घटी परिमाणमा सम्पादन भएको कार्यहरूको बढी परिमाण नापी किताबमा समावेश गरी गलत प्राविधिक प्रतिवेदनसमेत तयार गरी झुट्टा बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन स्वीकृत दुई लाख १२ हजार ७३ रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तो कार्य गर्ने सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ र  बमोजिम कैद एवम् जरिवाना गरी बिगो रकम असुल उपर गर्न माग गरिएको छ। 

प्रकाशित: ११ मंसिर २०८० ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App