१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

न्युरो हस्पिटलमा बालकको मृत्यु भएपछि हस्पिटलमा तोडफोड

जनकपुर न्युरो हस्पिटलमा उपचारको क्रममा एक बालकको मृत्यु भएको छ।धनुषाको धनुषा धाम नगरपालिका–६ मालटोल बस्ने  ४ वर्षीय जेम्स कालिकोटेको मृत्यु भएको हो। 

बान्ता आउन थालेपछि बुधवार साँझ हस्पिटल भर्ना भएका बालकको स्वास्थ्यमा सुधार आएपछि बिहीबार हस्पिटलले डिस्चार्ज गरेपनि हस्पिटलबाट बाहिरिन नपाउँदै पुनः बिरामी परेका  जेम्सको उपचारको क्रममा मृत्यु भएको हो।

जेम्सको उपचारमा संलग्न डाक्टरले पिसाबमा इन्फेक्सन छ त्यो ठिक भइहाल्छ भनेर डिस्चार्ज गरेपछि परिवारजनले बालकलाई लिएर घर जान हस्पिटलको गेटमा आउने बित्तिकै बालकले  जोडले सास फेर्न थालेपछि पुनः उपचार गर्दा उपचारको क्रममा हस्पिटलको लापरबाहीको कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। 

बुधवार विहान् अचानक बान्ता आएपछि सुरुमा परिवारजनले महेन्द्रनगरस्थित बाल रोग विशेषज्ञ डा.शशिभूषण ठाकुरको क्लिनिकमा ल्याए थिए, मृतक बालकका काका टिकाराम कालिकोटेले बताए । उनका अनुसार डा. ठाकुरले आफू कार्यरत न्युरो हस्पिटलमा लैजान भनेपछि बुधवार साँझ न्युरो हस्पिटल पु¥याएका थिए ।न्युरोमा डा. ठाकुरले बालकको उपचार गरेका थिए ।

न्युरोमा उपचारपछि बुधवार बिहान निको भयो भनेर डाक्टरले डिस्चार्ज गरेका थिए।हस्पिटलबाट निस्किने बेला बालकले जोडले सास फेर्न थालेपछि पुनः उपचार गर्दा उपचारको क्रममा अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।

डाक्टरको लापरबाहीको कारण बालकको मृत्यु भएको भन्दै आफन्तले हस्पिटलबाट शव उठाउन मानेको छैन् । उपचारमा संलग्न डाक्टरको कानुनी कारबाही र पीडितलाई क्षतिपूर्ति नदिएसम्म शव नउठाउने माग राखी आफन्तले धर्ना दिएका छन् ।

शव हस्पिटलमा राखेर आफन्तले सडकमा टायर बालेर हस्पिटलमा ढुङ्गा मुडा गरेका थिए।मृतक बालकको आफन्तले गरेको ढुङ्गामुडाबाट तीन चार ठाउँमा हस्पिटलको सिसा फुटेका छन।हस्पिटलमा तोडफोडमा सम्लग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको धनुषा प्रहरी प्रबक्ता एव डिएसपी निञ्जन आवेले जानकारी दिए। 

प्रकाशित: ७ मंसिर २०८० १५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App