७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बल्खुमा प्रहरीद्वारा आधा दर्जन अश्रु ग्यास प्रहार

तस्बिर: विजय राई

काठमाडौंको बल्खुमा प्रदर्शनकारीले  निषेधित क्षेत्र तोड्ने खोजेपछि प्रहरीले आधा दर्जन अश्रु ग्यास र पानीको फोहोरा हानेको छ। 

बल्खुमा प्रदर्शन गरिरहेको दुर्गा प्रसाईं नेतृत्वको समूहले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा हानेको हाे।

सरकारले प्रसाईंको समूहलाई प्रदर्शन लागि बल्खुमा स्थान तोकेको थियो। प्रर्दशनकारीहरू बल्खुमा जम्मा भएपछि निषेधित क्षेत्र माइतीघर तर्फ आउने प्रयास गरेका थिए। उनीहरु बल्खुबाट माइतीघरतिर आउन खोजिरहेका थिए। जबरजस्ती निषेधित क्षेत्रतिर प्रदर्शनकारी आउन खोज्दा प्रहरीले अश्रुल ग्यास र पानीको फोहोरा हानेको हो।

यस अघि बल्खु क्षेत्रमा दुई पक्षका प्रदर्शनकारीहरू बिच ढुंगामुढा भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ।

प्रकाशित: ७ मंसिर २०८० ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App