८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

उर्लाबारी आगलागीमा परी मृत्यु हुने सङ्ख्या ३ पुग्यो

उर्लाबारी आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ। उर्लाबारी नगरपालिका–७ बरगाछीको स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परी घाइते भएका मध्ये थप २ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ३ पुगेको हो।

दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको सुनचाँदी पसलमा कात्तिक २६ गते राति आगलागी हुँदा ४ जना प्रहरीसहित २८ जना घाइते भएका थिए। आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए। कार्की स्वयं पनि घाइते भइ उपचारमै रहेका छन्। आगलागीमा परी घाइते प्रहरी र २० जना स्थानीय गरी २४ जनालाई थप उपचारका लागि काठमाडौंको किर्तिपुर अस्पताल लगिएको थियो।

आगलागीमा परी गम्भीर घाइते भएकाहरूको काठमाडौंस्थित किर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। उपचारका क्रममा बुधवार राति साढे १० बजेतिर उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहाल (दीपक) र बिहीवार बिहान साढे ६ बजेतिर उर्लाबारी–७ कै ४२ वर्षीय कुमार तामाङको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। यसअघि मङ्गलवार ४३ वर्षीय तपन पण्डितको उपचारको क्रममा मृत्यु भएको थियो।  

प्रकाशित: ७ मंसिर २०८० ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App