७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

अस्पताल भित्रकै होटेलमा अखाद्य खानेकुरा

धनगढीको सेती प्रादेशिक अस्पताल भित्रकै क्यान्टिन र निजी अस्पताल परिसरका होटेलमा बासि तथा अखाद्य खानेकुरा बिक्री गरिरहेको फेला परेको छ। जनगुनासो पछि धनगढी उपमहानगरपालिकाको बजार अनुगमनमा बिग्रिएको मःम, मुसाले खाएको चाउचाउ, बासी समोसादेखी रङ्ग प्रयोग गरेको कुखुराको मासु बरामद भएको हो।

वेवारिसे शव फेला

कालिकोट तिलागुफा नगरपालिका–१ नाग्मागार्ड नजिकै तिला नदिमा बगिरहेको अवस्थामा अन्दाजी ३५ वर्षका एक पुरुषको शव फेला परेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको उक्त शवको पहिचान भने खुलेको छैन।    

दुई दाजुभाइ मृत फेला

दाङ तुलसीपुर–६ गाइडरमा कोठा भित्र दुई दाजुभाइ ३३ वर्षीय पूर्णबहादुर बस्नेत र ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेको छ। दुवै दाजुभाइले विष सेवन गरेको प्रहरीको आशंका छ।

पोखराका हवाई यात्रु दिनकै चार हजार

आन्तरिक तथा विदेशी पाहुनाको आगमन बढ्दा पछिल्लो समय पोखरा–काठमाडौं–पोखरा रुटको हवाई यात्रामा यात्रु चापमा उच्च वृद्धि भएको छ। दिनमा विभिन्न एयरलाइन्सका २७ वटा विमान उडान हुँदा पनि यात्रुले चाहेको बेला टिकट नपाउने अवस्था सृजना भएको छ।  

कुटपिटबाट सौतेनी आमाको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका–९ डिल्लीपुरमा छोराको कुटपिटबाट ५० वर्षीया सौतेनी आमा सन्तमाया चेपाङको मृत्यु भएको छ। कुटपिटमा संलग्न २५ वर्षीय ईन्द्रबहादुर प्रहरीले नियन्त्रणमा लिएको छ।  

खैरो हिरोईनसहित भारतीय नागरिक पक्राउ

लागूऔषध खैरो हिरोईनसहित वीरगन्जबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। १० ग्राम हिरोईनसहित बिहार राज्य पूर्वी चम्पारण मोतिहारी विर्ताटोलका २५ वर्षीय यदोलाल कुमार पक्राउ परेको प्रहरीको भनाइ छ।

आगलागीबाट घाइते एक जनाको मृत्यु

कात्तिक २६ गते राति मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीको स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परी घाइते भएका मध्येका तपन पण्डितको निधन भएको छ। आगलागीमा परी घाइते प्रहरी र २० जना स्थानीय गरी २४ जनालाई थप उपचारका लागि किर्तिपुर अस्पताल रिफर गरिएको छ।  

प्रकाशित: ५ मंसिर २०८० १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App