११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

टिकटक प्रतिबन्ध विरुद्धको रिट हेर्न नभ्याइनेमा

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा परेका छ।

टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो। तर उक्त रिट हेर्न नभ्याउने सूचीमा परेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

उनले भने,'टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट  हेर्न नभ्याइने सूचीमा परेका छ। न्यायाधीश कुमार चुडालको अर्को इजलास पनि भएको हुँदा हेर्न नभाइनेमा परेको हो।'

गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्चमा १० रिट दर्ता भएका छन्।

प्रकाशित: ४ मंसिर २०८० ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App