१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कोल्बुङ बस दुर्घटना: मृतकको सङ्ख्या ३ पुग्यो, ३३ घाइते

मेची राजमार्गको रोङ गाउँपालिका-३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप  दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका-९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारकै क्रममा मृत्यु भएको हो।

विर्तामोडस्थित विएण्डसी अस्पतालमा लामाको आइतबार र तामाङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए।

दुर्घटनामा आइतबार साँझ वडा नं-९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो। बस दुर्घटनामा मृत्यु हुनेका संख्या तीन पुगेको उनले बताए।

धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो। बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए। जसमध्ये तीनको मत्यु भइसकेको छ भने ३३ जनाको हाल विएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको छ। उनीहरूको भेन्टिलेटरमा उपचार भइरहेको छ। बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका-२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।  रासस

प्रकाशित: ४ मंसिर २०८० ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App