५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

टिकटक प्रतिवन्ध विरुद्ध दायर रिटमाथि आजबाट सुनवाई हुँदै

सरकारले टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आजबाट सुनवाई हुँदैछ । 

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिबक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा आज सोमवारका लागि पेशी तोकिएको थियो।जसअनुसार सो प्रतिबन्ध खुलाउन माग गर्दै दायर रिट माथी आजबाट सुनवाई हुन लागेको हो।

कार्तिक २७ गते सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध लगाए पछि तिहारको विदापछि अदालत खुलेको पहिलो दिन अर्थात मंशिर १ गते सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंशिर ४ गतेका लागि पहिलो पेशी तोकिएको अदालतले जानकारी दिएको छ।

शनिबार तथा आइतबार छठ पुजाको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो । टिकटक प्रतिवन्धबिरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

प्रकाशित: ४ मंसिर २०८० ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App