नेपाली कांग्रेसमा उपसभापति विश्वप्रकाश शर्माले सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि प्रधानमन्त्रीको उम्मेदवार गगन थापा मात्र नभइ कांग्रेस पार्टी नै तयार रहेको बताएका छन्।
शर्माले नेपाली कांग्रेस प्रत्यक्ष बहस गर्न हरदम तयार रहेको बताए। प्रधानमन्त्रीका अन्य उम्मेदवारहरू पहिले नै मैदानमा देखिए पनि पब्लिक डिबेट गर्न तयार नभएको बताउँदै उनले कांग्रेस भने जुसुकै किसिमका सार्वजनिक बहसका लागि तयार रहेको जिकिर गरे।
नेतृत्व चयन गर्ने संस्कार कांग्रेसले विकास गर्न सक्ने भन्दै उपसभापति शर्माले जोश भएका उम्मेदवारलाई अघि सार्ने पार्टीको नीति भएको बताए।
साथै कांग्रेसले प्रधानमन्त्रीका उम्मेदवार छनोटका लागि स्पष्ट मापदण्ड तय गरेको बताउँदै प्रधानमन्त्री मात्र नभइ वडाध्यक्षको उम्मेदवार बन्दा समेत व्यक्तिको पृष्ठभूमि, संस्कार, राजनीतिक योगदान र देशका लागि भिजन हुनुपर्ने भनाइ राखे।
प्रकाशित: १५ माघ २०८२ १४:१० बिहीबार





