२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

फेरि पनि नेपालकै नेतृत्वमा पुष्पलाल प्रतिष्ठान

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौं साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा ३१ सदस्यीय नेतृत्व चयन गरेको छ ।
तीन वर्षका लागि चयन भएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा लक्ष्मीभक्त उपाध्याय, उपाध्यक्षत्रयमा बेदुराम भुसाल, लोककृष्ण भट्टराई र विजयलाल श्रेष्ठ, महासचिवमा गंगालाल तुलाधर, सचिवमा विष्णु रिजाल, कोषाध्यक्षमा मोहनबहादुर केसी चयन भएका छन् । त्यस्तै सदस्यमा अलिअख्तर मिकरानी, उमेशलाल श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गणेश पण्डित, गायत्री आचार्य नेपाल, नागेन्द्र चौधरी, बटुकृष्ण थापा, बद्री बुढाथोकी, भानुभक्त ढकाल, रघुजी पन्त, रत्न महर्जन, सानुकुमार श्रेष्ठ, सावित्री भट्टराई, सुरेश कार्की र हिरण्यलाल श्रेष्ठ चयन भएका छन् । बाँकी सदस्य कार्यसमितिले चयन गर्नेछ ।
साधारणसभाको उद्घाटन प्रतिष्ठानका संरक्षक तथा पूर्वप्रधानमन्त्री  झलनाथ खनालले गरेका थिए । नेपाल यसअघि पनि प्रतिष्ठानको अध्यक्ष थिए ।

प्रकाशित: १० पुस २०७४ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App