४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बराह क्षेत्रमा लाग्ने महाकुम्भ मेलाको तयारी तीव्र

सुनसरीको वराहक्षेत्र मन्दिर क्षेत्र। तस्बिर: नागरिक

सुनसरीको प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रको चतरामा १२/१२ वर्षमा लाग्ने महाकुम्भ मेला र ६/६ वर्षमा लाग्ने अर्ध कुम्भ मेलाको तयारी तीव्र पारिएको छ।

प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधनी एकादशी मेलामा महाकुम्भ मेलाको प्रचारप्रसार गरिने भएको छ।

हरिबोधनी एकादशी मेला मंसिर ११ गतेसम्म चल्ने छ। यस वर्षको हरिबोधनी एकादशीमा आउने भक्तजनलाई महाकुम्भ महत्वबारे जानकारी दिइने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए।

कुम्भ मेलाबाट पुण्य प्राप्ति हुने विश्वास छ। कुम्भ भनेकै स्नानको महत्त्व हो। त्यसैले गर्दा कुम्भमा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने विश्वास छ। महाकुम्भ मेलाकै पूर्व सन्ध्यामा कार्तिक २४ गतेदेखि नेपालको प्रथम जगत गुरु बालसन्तमोहनशरण देवचार्यको नेतृत्वमा सुनसरी, उदयपुर र धनकुटाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययनमा निस्किएको छ। पदयात्रा १५ दिनसम्म चल्नेछ।

महाकुम्भ मेला आगामी चैत २७ गतेदेखि २०८१ वैशाख २७ गतेसम्म आयोजना हुँदै छ। 

प्रकाशित: ३० कार्तिक २०८० १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App