१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

ढाकामा नेपाली छात्राकाे मृत्यु

ढाका – डेन्टल अध्ययनको लागि बंगलादेश गएकी नेपाली छात्रा मृत भेटिएकी छिन् । ढाकास्थित पायोनियर डेन्टल कलेज एन्ड हस्पिटलमा अध्ययरत २० वर्षीया बिनिशा साह मंगलबार बिहान छात्रावासको पंखामा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

तेस्रो वर्षमा अध्ययरत विराटनगरकी उनीको मृत्यु भएको जानकारी ढाकास्थित नेपाली दूतावासले पुष्टि गरेको छ । परीक्षा केन्द्रबाट निकालिएकी उनी निराश भएर पंखामा झुन्डिएको हुनसक्ने अनुमान उनका साथीहरुले गरेका छन् । कलेज प्रशासनले अध्ययनको शुल्क नतिरेको भन्दै उनीलाई परीक्षामा गराएका थिएनन् ।

‘कलेजले संञ्चालन गर्ने मासिक परीक्षा चलिरहँदा उनीलाई कलेज प्रशासनले परीक्षामा सहभागि हुन दिएका थिएनन् । परीक्षा सकिन आधा घण्टा बाँकी हुँदा उनी परीक्षा केन्द्रबाट बाहिरिएकी थिइन् । म छात्रावास फर्के निकै समय उनलाई ढोका खोल्न आग्रह गर्दा कुनै प्रतिक्रिया आएन् । छात्रावास प्रशासनको सहयोगले ढोका खेल्दा उनी पंखामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्,’उनका रुममेट रोक्षाले भनिन् । उनका अनुसार बिनिता परीक्षा सकिएलगत्तै नेपाल फर्कने तयारीमा थिइन् ।

बंगलादेशको पत्रिका प्रोथोम आलोका अनुसार कलेज प्रशासनले एक्कासी परीक्षामा सहभागि हुनको लागि दुई लाख टाका तिर्नुपर्ने बताएको थियो । परीक्षामा सहभागि विद्यार्थीहरुको अनुसार परीक्षा केन्द्रबाट बाहिरिने क्रममा कलेजका शिक्षकले उनलाई लागि गरेका थिए ।

प्रकाशित: ५ पुस २०७४ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App